News Portal

मृतक नेपाली विद्यार्थी प्रकृति लम्सालको शव नेपाल ल्याईयो

जनगर्जन संवाददाता२०८१ फाल्गुण ८
९६ पटक

काठमाडौ । भारतको ओडिसास्थित केआइआइटी कलेजमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ । बुधबार अबेर बेलहिया नाका हुँदै उनको शव भैरहवास्थित घरमा ल्याइएको हो ।

बुधबार अपराह्न ५ बजे गोरखपुर ल्याइएको प्रकृतिको शवलाई राति ९ बजे भैरहवा ल्याइएको हो । प्रकृतिका बुवा सुनील लम्साललगायत शव लिएर बिहान १० बजे भारतको ओडिसास्थित भुवनेश्वरबाट हिँडेका थिए । केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी २१ वर्षीया प्रकृतिको शव दाहसंस्कारका लागि भैरहवास्थित घरमा ल्याइएको हो ।

प्रतिकृया दिनुहोस्