News Portal

चितवनमा घरायसी विवादपछि श्रीमान–श्रीमतीले भिरबाट हामफाले , श्रीमतीको मृत्यु

जनगर्जन संवाददाता२०८२ आषाढ ११
३२ पटक

चितवनको राप्ती नगरपालिका–४ मा घरायसी विवादका कारण एक दम्पतीले भिरबाट हाम फालेका छन्। घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४२ वर्षीया कुमारी प्रजाले मंगलबार घर नजिकैको भिरबाट खहरे खोलामा हाम फाल्दा घटनास्थलमै मृत्यु भएको हो।

उनका श्रीमान् लीलाबहादुर प्रजाले पनि कुमारीले हाम फालेको केही समयमै सोही भिरबाट हाम फालेका थिए। उनलाई गम्भीर चोट लागेको र हाल भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्