News Portal

ग्यालेक्सी खानेपानी उद्योगमा चरम लापरबाही :- पुरानो, फोहोर र टालेको जारमा बजारमा पानी वितरण

यस्ता गलत कार्य गरेर उपभोक्ताको स्वस्थ्यमा खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । होइन भने यस्ता लापर्बाहीका घटना दोहोरिनेमा कुनै शङ्का छैन ।’ यस्ता फोहोर र पुराना जारमा पानी वितरण गर्नु अगाडी पनि उक्त कम्पनीको सिलप्याक पानीमा फोहोर भेटिएको पाईएको छ ।

जनगर्जन संवाददाता२०८१ माघ १६
२१४ पटक

कपिलवस्तु । नेपालभर जारको पानीलाई सबैभन्दा विश्वासिलो मानिन्छ । तर, ती पानी पनि खानेपानीका लागि खासै योग्य छैन भन्ने पुष्टि मंगलबार कपिलवस्तुको चन्द्रौता बजारमा बिक्रि गरिएको ग्यालेक्सी पानीको फोहोर र पुराना जारहरुबाट प्रष्ट भएको देखिन्छ ।

कपिलवस्तुको चन्द्रौता स्थित ग्यालेक्सी पानी उद्योगले बजारमा जारमा पानी पठाउदा सरसफाइमा पटक्कै ध्यान नदिएको देखिएको छ । थोत्रा, फोहोर, लेउ लागेका र फोहोर जारलाई ढाक्नको लागि रंग लगाई जारमा पानी भरेर उपभोक्ताकोमा पठाउने गरेको भेटाईएको छ ।

कुच्चिएका र राम्रोसाग सिल लाग्ने अवस्थामा नरहेका जारलाई बजारमा वितरण गरेको प्रत्यक्ष भेटिएको छ ।

यसरी खुलेआम पानी बिक्री वितरण गर्दा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग , बजार अनुगमन तथा उपभोक्ता समिती र त्यहाका सरोकारवाला निकायहरुले चासो नदेखाएकै कारण जनतामाथी को चरम लापरबाही हो ।

खानेपानी संस्थाको पानी नखाएर शुद्ध पानीका लागि प्रशोधित पानी पिउने गरेको भए पनि आँखाले देखिने खालको प्रमाणले खानेपानी कम्पनीमाथि प्रश्न उब्जाएको छ ।

त्यसै गरि उक्त ग्यालेक्सी पानी कम्पनिले शुद्ध पानीको नाममा एक्सपायर भएको पुरानो फोहोर जारमा पानी बिक्री गरिरहेको छ । उक्त कम्पनीलाई हामिले पटकपटक जानकारी गराएपनी उक्त कम्पनीले बेवास्ता गरेको छ । शुद्ध खानेपानीको नाममा यस्ता फोहोर मिसिएको तथा पुराना एक्सपायर भएका जारहरुमा बजारमा पानी वितरण गरेको छ । यस्तो जारहरुमा पानी बिक्री भैइरहदा पनि उपभोक्ता मन्च तथा सरोकार निकायहरुको कुनै पनि ध्यान गएको देखिदैन । एक्सपायर भएको जारलाई सफा गर्नुपर्ने र नयाँ जारहरुको ब्यवस्थापन गर्नुपर्ने बिषयमा जानकारी गराउदा उल्टो कम्पनी सन्चालक तथा बजार प्रतिनिधिहरुले पत्रकारलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै गाली गलोज गरेका छन ।

‘आँखाले देखिने खालका यस्ता फोहोर मिसावट देखिँदा आँखाले नदेख्ने कति फोहोर पानीमा होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छ’। ‘यो उपभोक्तामाथिको गम्भीर लापर्बाही हो । यस्ता गलत कार्य गरेर उपभोक्ताको स्वस्थ्यमा खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । होइन भने यस्ता लापर्बाहीका घटना दोहोरिनेमा कुनै शङ्का छैन ।’ यस्ता फोहोर र पुराना जारमा पानी वितरण गर्नु अगाडी पनि उक्त कम्पनीको सिलप्याक पानीमा फोहोर भेटिएको पाईएको छ ।

ग्यालेक्सी पानी कम्पनीका सञ्चालक विष्णु हमालले आफूले उत्पादन गरेको पानीमा त्यस्तो हुन नसक्ने बताएका छन् । सामान्य कमी कमजोरी सबैमा हुन्छ त्यही बिषयलाई लिएर,केही ब्यक्ती हात धोएर पछि परेको उनको भनाई छ । उनले कसैले आफूमाथि रचेको प्रोपोगान्डा मात्रै भएको भन्दै आफ्नो व्यवसायलाई कमजोर बनाउन खेलिएको खेल भएको बताएका छन ।

प्रतिकृया दिनुहोस्