काठमाडौँ । युवा संगठन नेपालले नेकपा र सरकारविच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध उक्त संगठनले सहमति भएको ५ वर्ष पुग्न लाग्दा समेत ३ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै आज देशभर हस्ताक्षर अभियान प्रारम्भ गरेको संगठनका अध्यक्ष दिनेश सीले जानकारी दिएका छन् ।
हस्ताक्षर अभियानको क्रममा अध्यक्ष दिनेश सीले सरकार र नेकपाबिच भएको ३ बुँदे सहमति भएको ५ वर्ष पुग्न लाग्दासमेत राज्यले कार्यान्वयन नगर्नु गम्भीर षडयन्त्र भएको भन्दै राज्य सहमतिवाट भागेको आरोप लगाए । उनले चितवनबाट अभियान उद्घाटन गरेका छन् ।
अध्यक्ष दिनेश सीले ३ बुँदे सहमति कार्यान्वयन नगरे थप संघर्ष अगाडि बडाउने भन्दै सहमति तत्काल लागू गर्न प्रधानमन्त्री केपि ओलिलाई आग्रह गरे ।
सरकार र नेकपाबिच सम्पन्न तीन बुदे सहमति अनुसार मुद्दा फिर्ता लिने र बन्दीहरू रिहाई गर्ने कुरा अझै पुर्ण रूपमा कार्यान्वयन भएको छैन ।