News Portal

रवि लामिछानेलाई छैठौं पटक अदालतमा लगियो

जनगर्जन संवाददाता२०८१ मंसिर २३
७४ पटक

पोखरा । रास्वपाका सभापति तथा पुर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई कास्की अदालतमा छैठौं पटक पेश गरिएको छ । केहीबेर अघि उनलाई कास्की अदालत पुर्‍याइएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई पुनः म्याद थपको तयारी गरिएको छ ।

२ कात्तिकमा पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमै रहेका बेला बुटवल, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो ।

विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर रकम अपचलन गरेको आरोप उनीमाथि छ ।

प्रतिकृया दिनुहोस्