News Portal

  • २० हजार घुससहित जिप्रका महोत्तरीका नायब सुब्बा पक्राउ

    जनगर्जन संवाददाता२०८१ मंसिर ७
    ३३ पटक

    काठमाडौ । २० हजार रुपैयाँ घुससहित जिप्रका महोत्तरीका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव रहेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिदालिदै रंगेहात पक्राउ गरेको हो ।

    सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्ति तथा क्रिया खर्चबाट लिएको २० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्