News Portal

सुर्खेतमा बस दुर्घटना,, ४ को मृत्यु, २६ घाइते

जनगर्जन संवाददाता२०८१ कार्तिक २३
२३९ पटक

काठमाडौं । दैलेखबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको फोर्स बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्लामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २६ घाइते भएका सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिएका छन ।

दुर्घटनाको खबर आउने बित्तिकै सुर्खेतका प्रहरी प्रमुख सहितको टोली घटनास्थलमा पुगेको थियो । त्यहाँबाट ३० जनालाई उद्धार गरेर अस्पताल पठाइएकोमा चार जनाको मृत्यु भएको चिकित्सकहरूले घोषणा गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताएका छन ।

अन्य घाइतेको सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो

प्रतिकृया दिनुहोस्