News Portal

  • संविधान संशोधन गरेर समाजवाद आउदैनः सुशिल सी

    अशोक शाही २०८१ भाद्र ३१
    १०८ पटक

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले कांग्रेस एमालेले भने जस्तो संविधान संशोधन गरेर समाजवाद नआउने टिप्पणी गरेका छन ।

    समाजवादी सम्पर्क मञ्च कर्णाली प्रदेशले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘समाजवाद र संविधान संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्र्दै स्थायी समिति सदस्य सुशिल सीले यस्तो टिप्पणी गरेका हुन ।

    उनले समाजवादको परिकल्पना सर्वहारावर्गको राज्यसत्ता प्राप्त गर्नु भएको बताउदै समाजवादी क्रान्ति गरेर मात्र सर्वहारावर्गको राज्यसत्ता कव्जा भई समाजवादमा पुगिने ठोकुवा गरे ।

    स्थायी समिति सदस्य सुशिलले भने ‘समाजवाद र संविधान संशोधन अलग विषय हो, संविधान संशोधन गरेर समाजवाद आउदैन, समाजादका लागि समाजवादी क्रान्ति चाहिन्छ र समाजवादी सत्ता चाहिन्छ ।’
    नेता सुशिलले कांग्रेस एमालेले उठाएको संविधान संशोधनको मुद्धा संसदले संशोधन गरेर मात्र नपुग्ने बताउदै संविधान संशोधन गनै परे संसद वाहिर जनताले वहस गरेर गर्नुपर्ने तर्क गरे ।

    ‘नेपालमा समाजबादी राज्यसत्ताको विकल्प छैन, समाजवादी शक्तिहरु एकताको विकल्प पनि छैन’ उनले भने, ‘यसका लागि हामी एकताबद्ध बनौ, हामीले ०८४ अघि माओवादी एकताको कुरा पनि गरेका छौ, यो एकता केपी ”प्रचण्ड र धर्मेन्द्र ”वैद्य बिचको एकता जस्तो होईन, अबको एकता समाजवादी क्रान्ति पुरा गर्ने एकता हुनुपर्छ ।’
    नेता सुशिले समाजवाद सवै भन्दा बढी दलित,महिला, जनजाति, उत्पीडित क्षेत्र वर्गलाई चाहिएको चर्चा गर्दै दलाल पुँजीपतिवर्गलाई समाजवाद नचाहिएको स्पष्ट पारे ।

    उनले समाजवादका लागि सबै कम्युनिष्ट,माओवादी,वामपन्थी लगायतका अग्रगामी शक्तिहरु एकठाउँमा आउनु पर्नेमा जोड दिए ।
    कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य एटम, नेकपा (माओवादी केन्द)्रकी नेतृ उर्मिला विक र नेकपा एकीकृत समाजवादीका नेता वसन्त विश्वकर्माले पनि आ–आफ्नो विचार राखेका थिए । कर्णाली समाजवादी सम्पर्क मञ्चका संयोजक रणदिप सीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको संचालन जित सीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्