News Portal

  • प्रधानमन्त्री ओली भन्छन,साना डिजिटल कारोबार नि:शुल्क गर्ने बारे छलफल गर्दैछु

    जनगर्जन संवाददाता२०८१ भाद्र ३०
    ४६ पटक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा नि:शुल्क गर्न पहल गर्ने/ प्रयास गर्ने बताएका छन् ।

    पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक महँगो भएको विषयमा गुनासो भएको हुँदा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार नि:शुल्क गर्न पहल गर्ने बताएका हुन् ।

    यस विषयमा आफूलाई नागरिकले फेसबुकमार्फत जानकारी गराएको बताउँदै प्रधानमन्त्री ओलीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने प्रतिबद्धता जनाएका छन् ।

    उनले फेसबुक पेजमा लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा नि:शुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’

    हिजोआज मोबाइल बैंकिङ कारोबार गर्दा हरेक पटक ११ रुपैयाँभन्दा धेरै शुल्क लाग्ने गरेको छ । यसबाट साना डिजिटल कारोबारी मर्कामा परेका छन् ।

    प्रतिकृया दिनुहोस्