News Portal

  • रिहा भए एमसिसी विरुद्घ मसाल जुलुसका क्रममा गिरफ्तार परेका नेता तथा कार्यकर्ता

    जनगर्जन संवाददाता२०८१ भाद्र १८
    १६५ पटक

    काठमाडौ । युवा संगठन नेपालले एमसिसी विरुद्घ एमसिसी प्रभावित क्षेत्रमा मशाल जुलुस गरेको छ । काठमाडौको नयाँ वानेश्वर, चितवनको भरतपुर, रुपन्देहीको वुटवल र नुवाकोटको विदुर नगरपालिकामा हिजो राती एमसिसी विरुद्घ मशाल जुलुस समपन्न गरेको छ ।

    सयौ युवाहरु सडकमा एमसिसी मुर्दावाद ! एसपिपी मुर्दावाद ! युवा संगठन नेपाल जिन्दावाद ! का नारा लगाउदै सडकमा देशका मुख्य सडकहरुमा राके जुलुस सहित निस्किएका थिए । काठमाडौमा भएको विरोध मशाल जुलुस माथी प्रहरीले धरपकट गरेको थियो । प्रहरीको धरपकटबाट गिरफ्तार पर्नेहरूमा नेकपाकी केन्द्रिय सदस्य तथा महिला संगठनकी महासचिव राजकुमारी सी, युवा संगठनका केन्द्रिय सचिव अनिल सी, केन्द्रिय सदस्य जीवन सी, कैलाश सी,अभय सी र विद्यार्थी नेताहरु केन्द्रिय सचिव कपिल सी केन्द्रिय सदस्य ललिजंग सी, निगम सी,प्रेम सी मजदुर नेताहरु केन्द्रिय सदस्य दिपक सी, लालवहादुर सीलाई प्रहरीले नियन्त्रणमा लिइ राती ११ वजे मात्र रिहा गरेको छ ।

    युवा संगठनले गरेको वानेश्वरको मसाल जुलुसको नेतृत्व युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले गरेका थिए भने बुटवलमा उपाध्यक्ष विश्लेषण सी, चितवनमा केन्द्रिय सचिवालय सदस्य अशोक सी नुवाकोटमा केन्द्रिय सचिवालय सदस्य वासु सीले गर्नु गरेका थिए ।

    प्रतिकृया दिनुहोस्