News Portal

  • सुर्खेत बाट आउदै गरेको बस कपिलवस्तुमा दुर्घटना ,२६ जना घाइते

    जनगर्जन संवाददाता२०८१ भाद्र १०
    १०६ पटक

    video

    कपिलवस्तु । सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको यात्रुबस आज अपरान्ह २ बजे कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासमा दुर्घटना भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु १ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो ।दुर्घटनामा २६ जना यात्रुहरु घाइते भएका छन् ।

    बसमा सवार घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पताल र आधारभुत अस्पताल चन्द्रौटामा सामान्य उपचार गरि घर फर्केका छन भने ७ जनालाई भैरहवा मेडिकलमा रिफर गरि उपचार सुरु गरिएको छ ।

    बसचालक पनि सामान्य घाइते भएका छन भने प्रहरीको निगरानीमा उपचार सुरु गरिएको छ ।

    अर्को दिशा बाट आईरहेको मोटरसाइकललाई जोगाउने क्रममा बस दुर्घटना भएको हुनसक्ने प्रहरीको आशन्का रहेको छ ।

    प्रतिकृया दिनुहोस्