News Portal

  • भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दीमा खस्यो

    जनगर्जन संवाददाता२०८१ भाद्र ७
    ७६ पटक

    काठमाडौ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय नम्बर प्लेट भएको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ ।

    एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको छ भने बस नदी किनारमा कच्याककुचुक भएको देखिन्छ । घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् ।

    सो बसमा करिब ४० जना यात्रु भएको अनुमान गरिएको छ भने दुर्घटनाको के कारणले भएको हो त्यो अझै खुल्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस्