News Portal

  • उत्पादनमा जुट्नु भनेकै भोलिको समाजवादी अर्थतन्त्रको आधार हो :- विषम सी

    जनगर्जन संवाददाता२०८१ साउन २९
    १८८ पटक

    कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले उत्पादनमा जुट्नु भनेकै भोलिको समाजवादी अर्थतन्त्रको आधार भएको बताएका छन ।

    नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुको तेस्रो पूर्ण बैठकलाई मङलबार सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले यस्तो कुरा बताएका हुन ।

    उनले वर्तमान दलाल संसदिय व्यबस्थाको आयु छोटिदै गएको भन्दै समाजवाद ल्याउनका लागि नेपाली विशेषताको समाजवादको आवस्यकता नेकपाले मात्र गर्न सक्ने दावी गरेका छन सरकार फेरबदल भैरहेको छ ।

    हिजो राज्यको श्रीपेछ प्रचण्डको शीरमा थियो आज वलिको शीरमा छ त्यो फेरि भोलि कसैकोमा जन सक्छ अहिलेको सरकारको भर छैन यो सबै विदेशी साम्राज्यवादले एकता हुन नदिने चलखेल गरेको हो कम्युनिस्टको विरुद्ध भारत,अमेरिकार युरोपियनहरु लागिपरेका छन उनिहरुले हाम्रो देशलाई नचाउनका लागि कम्युनिस्टहरुलाई सरकारमा जान दिदैनन तसर्थ नेकपा अबको ८४ मा चुनावमा जानुपर्छ र देशलाई बाह्यय हस्तक्षेप बात जोगाउनुपर्छ ।’

    उनले प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेलमा साम्राज्यवादी र युरोपियन युनियनहरु लागेको बताए । नेता विषयले प्रचण्डको सरकार ढाल्ने खेलमा माओवादी भित्रैबाट पनि एउटा टिम लागेको आरोप लगाए ।

    उनले भने, नेकपाको मुख्य एजेन्डा भनेको नै देश र जनता आत्मनिर्भर बनाउने हो आत्मनिर्भर बन्नका लागि सबै उत्पादनमा जोडिन आवस्यक छ।उत्पादनले नै देशमा क्रान्ति ल्याउने हो त्यही क्रान्तिले नै दलाल पुजीवादहरुको सत्ता उल्टाउने हो ।

    उनले पार्टीलाई जनतासंग जोड्नका लागि विशेष ध्यान दिन आग्रह गरेका छन । नेता विषमले कपिलवस्तु जस्तो जिल्लामा आर्थिक विषयलाई मात्र केन्द्रविन्दु नबनाई संगठन निर्माणमा विशेष ध्यान दिन सुझाव दिएका छन । बैठकमा नेकपाका जिल्ला अध्यक्ष,नेकपाका केन्द्रीय सदस्य, केन्द्रिय प्रतिनिधि सदस्य तथा जिल्ला पार्टीको सल्लाहकारको पनि उपस्थिति रहेको थियो । नेकपा कपिलवस्तुका जिल्ला सचिव पावेल सीको सन्चालन जिल्ला ईन्चार्ज संगम सीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्