News Portal

  • नेपाल कम्युनिष्ट पार्टी र नेकपा (एकीकृत समाजवादी) का शिर्ष नेताबीच भेटवार्ता

    विष्णु विश्वकर्मा२०८१ जेठ २२
    २१३ पटक

    काठमाडौँ । नेकपाका महासचिव विप्लव सी र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बीच मङ्लबार साझ भेटवार्ता भएको छ ।

    नेकपाका महासचिव विप्लवसहित सोही पार्टीका प्रवक्ता प्रकाण्ड सी अध्यक्ष नेपाललाई भेट्न माधव कुमार नेपालको निवास कोटेश्वर पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा पछिल्लो समयको राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने बिषयमा छलफल गरिएको बुझिन्छ ।

    समाजवादी मोर्चाको संयोजक समेत रहेका नेकपाका महासचिव विप्लवले कम्युनिष्ट एकता र वामपन्थी ध्रुवीकरणलाई जोड दिदै आएका छन । पार्टीको नवौं केन्द्रीय समितिको बैठकपछि समाजवादी मोर्चालाई थप फराकिलो बनाउदै लैजाने सबै कम्युनिष्टहरु एक ठाउँमा जुट्न जरुरी रहेको विप्लवको जोड रहेको छ ।

    प्रतिकृया दिनुहोस्