परिस्थिती निकै पेचिलो बन्दै थियो । नेपाल कम्युनिष्ट पार्टी को ऐतिहासिक नवौ महाधिवेशन भब्य एबं सानदार रुपमा केही महत्वपुर्ण शष्लेषण सहित सम्पन्न भएर हामी कार्यक्षेत्र फर्किएका थियौ । महाधिबेशन ले पारित गरेका नयाँ शष्लेषण नीति तथा कार्यकमलाई योजनामा ब्यक्त गर्न हेडक्वाटर लाई केही समय होमअर्क को टायम चाहिन्थ्यो त्यो अबधी मा हामी जिल्लामा फर्कियौ र केही समय पछी केन्द्रीय समितीको दोस्रो पुर्ण बैठकमा सहभागी भईयो । दोस्रो पुर्ण बैठक को सम्पर्क पाउना साथ सहयौद्दाहरु बिच अनौपचारिक छलफल हुन्थ्यो कार्यक्षेत्र को बिषयमा तर फेरि निस्कर्ष भने पार्टी ले पठाएको जुनसुकै ठाउमा जान तयार हुनै पर्छ भन्ने नै हुन्थ्यो । हामी शिवगडी पुग्यौ र बैठक प्रारम्भ भयो।
बैठकमा महासचिव द्वारा प्रस्तुत राजनितिक दस्तावेज व्यापक रुपमा समुहगत छलफल गरि पास भयो । बैठक अागामी योजना मा प्रबेश ग-यो । त्यस्को महत्वपुर्ण पक्ष भनेको संगठन को थियो संगठन मा पनि सिङ्गो केन्द्रीय सदस्यको कार्यबिभाजन थियो।महासचिव र पार्टी प्रबक्ता ले १२७ जना केन्द्रीय सदस्य संग सिलसिलेवार छलफल गरेर राय बुझेर कार्यक्षेत्र निर्धारण गर्ने सोच राखेको रैछ मेरो पालो अायो र गए पार्टी ले बुझ्यो ३/४ जिल्ला को अवसन थियो । मैले एक चोटि सहरिया जिल्ला को अनुभव लिन पाए हुन्थ्यो भन्ने धारणा राखे र निस्किए पछी बैठकमा महासचिव क. ले समग्र केन्द्रीय सदस्य को जिम्मेवारी सुुनाउने सवालमा रणदिप बाँके जिल्ला ईन्चार्ज भनेर कान ले सुन्ने बित्तिकै मनमा अनेकौ तरङ्ग अरु तरङ्गित हुन थाले म सक्छु कि सक्दिन कसरी जिम्मेवारी पूरा गर्ने भन्ने बिषयमा अनेकौ खुल्दुलिहरु चलिरह्यो।
त्यसपछी ब्युरो ईन्चार्ज को जिम्मेवारी टोकियो, चार जिल्ला को दक्षिण कर्णाली ब्युरो बन्यो, हाम्रो ब्युरो मा नयाँ ब्युरो ईन्चार्ज पर्नु भयो सबै नयाँ नयाँ हुदा को चुनौती को बिषय त्यतीकै छदैछ,तै पनि नयाँ ब्युरो ईन्चार्ज ले ब्युरो मा कार्यरत CCM संग ब्युरो बैठक को लागि परामर्श लिनु भयो र बैठक को मिती,स्थान तय गरि हेडक्वाटर संग भेटघाट गरि फिल्ड तिर लाग्यौ। करिब ५ घण्टा हिडेर बाँके पुगियो ४ दिनको तयारी पछी २०७९ माघ ५ गते ब्युरोको प्रथम बैठकमा जुटेउ । महाधिबेशन देखि अर्को १० अौ महाधिबेशन सम्मको ५ बर्ष लाई १० वटा आबधिक योजनामा बिभक्त गरेको थियो र हामी पहिलो अाबधिक योजना को प्रथम बैठकमा जुटेका थियौ । जिल्ला मा पुगेउ जिल्ला सेक्रेटरी क. कल्पना सहित DCS कमरेडहरु ले कोहलपुर खाजाघरमा स्वागत को तयारी गरेको रैछ बिशेष गरि नया जिम्मेवारी सहित ब्युरो ईन्चार्ज क.संगम को स्वागत मा सहभागी भैयो । स्वागत पछी परिचय र बैठकको बारे स्थान टुङ्गो लगाएर छुटियौ । देशै भरीको पहिला बसेको ब्युरो बैठक ले जिल्ला बैठक को लागि बाँके को लग्गतै ७ गते नै गर्ने निर्णय ग-यो ब्युरो ईन्चार्जको प्रमुख आतिथ्यता मा बैठकमा सहभागी भयौ केही पहिलाका केही थप गरेर ११ जना DCM कमरेडहरु सहभागी हुनुहुन्यो ।
क. डिल्लि लाई जेल बाट भर्खरै छोडेको थियो । उहाँ पनि सहभागी हुनुभयो स्वागत पनि गरियो । अपरिपक्क जस्तो देखिने DC झट्ट हेदा अपत्यार लाग्दो देखिने कालिकोट मा ७९ जना को जिल्ला कमिटी को नेतृत्व गरेर गएको त्यस बैठकमा भिन्नै अनुभूति भैरहन्थ्यो । तर पनि बैठक सानदार रुपमा सम्पन्न भयो । महिले जिल्लाको ३ महिनाको बजबुझारत गर्न बाँकी थियो लगत्तै ब्युरो ईन्चार्ज संग परामर्श गरेर म मध्यकर्णाली को प्रथम बैठक दैलेख पुगे । त्यहा पुगेर बैठकमा सहभागी भैयो बैठक पछी ब्युरो ईन्चार्ज क.बिबेक ,क. बिराट, जिल्ला ईन्चार्ज क. बलवान र सेक्रेटरी क. शाहासी संग बसेर ३ महिनाको कारोवर को बजबुझारत गरेर क. बिराट र म कालिकोट लाग्यौ केहीदिनको बसाई पछी म बाँके फर्किए लग्गतै जनयुद्द दिवस फाल्गुण एक आउदै थियो तयारीमा लागियो कमरेडहरु संगको सहकार्यको कमी ले तयारी सोचे जस्तो नभएपनी फाल्गुण एक लाई व्यापक -याली सहित १५० जतीको जनसहभागितामा खुल्ला सभा गरेर शुभकामना आदान प्रदान गरियो। साँझ दिपावली पनि भब्य रुपमा सहभागी भयो जो पार्टी पुर्नरगठनको कार्यकाल भरीको पहिलो र भब्य हो भन्ने प्रतिक्रिया थियो अन्य रचनात्मक कार्य गर्न सम्भव पनि थिएन।
त्यसपछी सहिद सप्ताह कार्यक्रम मा सहभागी भयौ बाँके जिल्लाको २ ठाउमा शहिदपरिवार लाई सम्मान गर्ने निधो भयो १८ गते फाल्गुण मा कोहलपुर र २१ गते राप्तिसोनारीको फत्तेपुर सहिद भवनमा २ वटै ठाउमा ६३ जना सहिद परिवार लाई काचको कचौरा र सम्मान पत्र दिएर सम्मान गरियो । शहिद परिवारको भाव उज्यालो देखिन्थ्यो पार्टी छ भन्ने अनुभूति भयो भन्ने खालको प्रतिक्रिया पाईयो ।
त्यसपछी हामी संघर्षका कार्यक्रममा लाग्यौं राष्ट्रघाती MCC मिटर ब्याजी र चर्को बैङ्कीङ ब्याजदर बिरुद्द केन्द्रीय संघर्षको कार्यक्रम ब्युरो भरि मध्य बाँके ले सानदार रुपमा सम्पन्न ग-यो जब सहकार्य बढ्दै गयो अनि कमरेडहरु ले एक अर्का लाई नजिक बाट चिन्ने र योजना वा जिमेमेवारी दिने सवाल मा सजिलोपन हुँदै गयो । बाँके बसेर पहिलो दोस्रो अाबधिक योजना भरी १५ महिनामा १८ दिन मात्र मेरो हाजिरी छैन बाँकी सबै समय बाँके मै बित्यो र निरन्तर बित्यो । त्यसपछी जनतासंग सम्बन्ध बिस्तार अभियान तय गरिएको थियो । उक्त अभियान उदघाटन बाँकेको खजुरामा गर्ने निर्णय बमोजिम खुल्ला कार्यक्रम गरेर अभियान उद्घघाटन गरियो ।उद्घघाटनमा सम्पुर्ण जिल्लाकमिटी पुगे पनि निरन्तरता दिने सवालमा नसकिएको तितो यथार्त लाई मनमा भारी बनाएर बोक्दै करिव बर्षे उत्पादन बाली को तयारी मा केही दिन बित्यो लग्गतै पार्टी एकताको विशेष बैठक हेडक्वाटर ले आयोजना ग-यो र हामी कपिल बस्तु तिर लाग्यो जेष्ट महिनाको समय थियो गर्मि ले निकै सताईरहेको थियो हामी कपिलबस्तु केन्द्रीय कार्यलयमा पुग्यौ एकतामा सहभागी माओवादी समाजवादी का कमरेडहरु धेरै जसो पुरानै सहकर्मी अनुहार र केही फरक अनुहार पनि देखिए एकता आफैमा हर्षको बिषय भएका ले निकै उत्साह को रौनक हल देखिन्थ्यो ।
हल प्रबेश गरेउ केन्द्रीय सदस्यकमरेडहरुमा समायोजनको प्रस्ताव प्रस्तुत भयो एकमत ले गडगडाहट तालिबजाएर अनुमोदन भयो केही नयँा प्रस्ताव र निर्णय सहित बैठकमा गगनभेदी नारा घन्काएर बैठकको समापन गरि कार्यक्षेत्रमा लाग्यो । लग्गतै जिल्लामा एकता को बैठक बस्यो ३३ सदस्य जिल्लाकमिटी बन्यो समानसहभागिता को जिल्लाकमिटी बनेपछी नयाँ उत्साहा पैदा भयो ३ महिना सम्म पुरानै जिल्ला नेतृत्व मा रही ३ जना केन्द्रिय सदस्य र ६ जना केन्द्रीय प्रतिनिधि समिती सदस्य को टिम जिल्लामा रहेर काममा लाग्यो सोचेअनुसार नखट्ने समस्याको बिचबाट राजनितिक बैचारिक काम हरु १ महिना लगियो त्यसपछी उत्पादनका काममा जोडियो त्यो मध्य धान को बेर्ना राख्ने काम क सेखर र म निकै दुख गरि लाग्यौ क कल्पना ले ब्युको म्यानेज गर्नु भयो बीउ हुर्किदै गयो आकास बाट पार्नी को थोपा बर्षनै छोड्यो बल्ल तल्ल पनि किनेर श्रवण २४ गते मात्र ५ कठ्ठामा दुखका साथ रोपाई गरियो ब्युरो ईन्चार्जको सहभागितामा भएको रोपाई विशेष स्मरणयौग्य छ । त्यसपछी कहिले गर्मी त कहिले झरी संग लुकामारी गर्दै पहिलो अबाधिक योजना सकियो झिनो संगठनात्मक उपलब्धी सहित महत्वपुर्ण राजनितिक हस्तक्षेप र थोरै भएजनी उत्पादनको सस्कार पहिलो अबधिक योजनाका उपलब्धी हुन ।
चौथो केन्द्रीय समितीको बैठक बस्ने खबर प्रप्त भयो हामी बैठकको लागि सम्पर्कतिर लाग्यो जाँदै गर्दा जिल्ला लाई गतिदिने बिषयमा हामी ccm कमरेडहरु बिच अनौपचारिक छलफल चलाउदै गयो जिल्ला लाई २ वटा जिल्ला मा बिभक्त गर्नु पर्छ भन्ने थयो पछी बैठकले पनि धेरै निर्णय मध्य बाँके बर्दिया र जाजरकोट लाई २/२ जिल्लाको संरचनामा बदल्यो । त्यसरी नै नेतृत सेट गरेउ र मेरो जिम्मा उत्तर बाँके जिल्ला मा रहयो । रचनात्मक प्रतिस्पर्दा सहित रानितिक गतिबिधी ले निकै तिब्रता पायो ।
देशै भरि नेतृत्वको दोडधुपको प्रभाव बाँकेमा पर्ने नै भयो क महासचिव सम्मिलित ३ वटा राजनितिक भेटघाट तकोहोलपुरमै भए भने थुप्रै अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न भए । छछैन अबस्थाको बाँके जिल्लामा पार्टी निकै स्थापित भयो । दर्जनौ पटक ब्युरो स्तरका पार्टी र जवसका बैठक प्रशिक्षणहरु कोहोलपुर मै सम्पन्न भए बैचारिक स्कुलिङ कार्यक्रम हरु हप्तौ सम्म बाँकेमै संचालन गरियो यस्का अप्ठेराहरु त झेल्न सम्म झेलियो तै पनि सहजै पार गरियो यस्को फाईदा कमै भएपनी बाँके ले राजनितिक रुपमा लियो ।
समग्रमा दोस्रो अावधिक योजना पनि सानदाररुपमा सम्पन्न भयो दुबै अबधिक योजना मा भएका उपलब्धी हरु र सिमाको बिषयमा उल्ले गर्दा मलाई बाँके जिल्ला मा म नयाँ भन्ने कुनै पनि भान भएन बाहिर बाटै ईन्चार्ज भएर आउछन भन्ने सागुरो घेरालाई सजिलै क्रस गरियो । बाके जिल्ला मा प्रायजसो कहि न कहि बाट झरेरै बसो बास गरेको जिल्ला हो बर्सेनि ६ % जनसंख्या अायत हुन्छ भन्ने तथ्याङ्क लाई हेर्ने हो भने केही प्रतिसत थारु समुदाय बाहेक सबै अायतित बसोबासीहरुको जिल्ला हो त्यसैले पनी म त्यही जिल्लाकै नागरिक भएर काम गरे र गर्नु पर्छ तथापी मेरो १५ महिनाको अबधीमा कालिकोट बाट मात्रै बाँके जिल्लामा जनउुद्दको बेला शहिदहुने कमरेडहरुको सुचि मसिनो गरेर निम्नानुसार पत्तालगाए र गर्भका साथ बाँकेको नेतृत्व गर्ने जागर पनी लाग्यो ।जो बिबरण लाई निम्नानुसार उलेलेख गरिएको छ ।
शहिदहरुको नाम। ठेगना मिती स्थान
१) शुदर्सन माल्कोट २०६०/६/३ कुसुम
२) उमेश माल्कोट २०६०/६/३ कुसुम
३) क जगत/ कुमलगाउ २०६०/४/१० बाके
४) क प्रबेश रुप्सा २०६२/२/२३ कुसुम
५) क सत्य मान्म २०६०/६/२३ कुसुम
६) क हिक्मत बिष्ट मान्म २०५९/१० ४ चिसापनी
७) क समर ( फुकोट) २०६२/११/२ चप्रगौडी बाँके
८) क पर्बत ( फुकोट) २०५८/११/२० भारत सिमाना
९) क किश्वर ( फुकोट) २०५९/११/१२ नेपालगंन्ज
१०) क बिषम ( फुकोट) २०६०/६/२३ कुसुम
११) क रोचक ( फुकोट) २०६०/६/२३ कुसुम
१२) क विशाल ( पाँखा) २०५८/३/१९ कुसुम
१३) क मदन ( पाखा) २०६०/६/२३ कुसुम
१४) क झरना ( छाप्रे) २०६० / ६/२३ कुसुम
१५) क यज्ञ ( छाप्रे) २०६१/९/१२ कोहोलपुर
१६) क जेम ( छाप्रे) २०६१/८/१६ बैजापुर
१७) क अमर ( जुबिथा) २०६२/१०/१० नेपालगंन्ज
१८) क भावना ( सुकाटिया) २०६०/६/२३ कुसुम
१९) क दर्शन ( चिल्खाया) २०६०/२/१४ बाँके
२०) क भिम ( चिलखायाँ) २०६०/६/२३ कुसुम
२१) क उद्दघाटन चिलखायाँ) २०६२/१/४ राप्तीनदी
२२) क बिमल ( अोदानकु) २०६२/२/५ खैरीखोला
२३) क हर्के सार्की (पाखा) नेपलगंन्ज
बेपत्ता
१) क कुशुम ( फुकोट) २०५९/७/९ नेपालगंन्ज
जनयुद्द काल मा क समर जस्ता लिडरहरु कालिकोट बाट गएर लिडिङ गरिहेको पछी नेकपा पुर्नरगठन पछी पनी क रणवीर र क समर क अडिक र म गरेर ४ जना ले प्रत्यक्ष नेतृत्व गरेको जिल्लाको रुपमा स्थापित बाँके जिल्लामा दर्जनौ घाईते छोडेर २४ जना होनाहर कमरेडहरुले बाँकेमा बलिदान गर्नु भएको छ लाई सम्झिएर महिले आफ्नो जिम्मेवारी लाई ब्यहिचकिचावट रुपमा पूरा गर्ने अठोट लिए नत मेरो ब्यक्तीगत कुरा थियो नत कुनै सर्त मात्रै जिम्मेवारी पूरा कसरी गर्ने भन्ने चिन्ताका साथ लागियो । नेता खुसी पार्ने तर नीति लागु नगर्ने प्रबृती संग लडियो र लाई एकढिक्का गरि कार्यकाल सुखद बिताईयो । तथापी केही तिता अनुभुतीहरु छन जो महिले समस्याको रुपमा लिएको छु । जस्ले बढी निती अनुसासन को कुरा गर्छ उसैले त्यो कार्यन्वयन नगर्ने परम्पराको सामना गर्दै ईतिहास ले सुम्पेको जिम्मेवारी पुरा गरियो ।
राजनितिकमा बाँके जिल्ला संङघर्ष मा बाँके को अाफ्नै ईतिहास छ भने पंन्चायतकालमा बाके किनबेचको बस्तु जस्तो हुनपुगेपनी अन्तत: बाँके बाके भैउभिरहयो बहुदलपछी बाँके राष्टिय राजनितिको निर्णायक ठाउमा भुमिका प-यो भने जनयुद्द कालमा पश्चिमको बर्गषंघर्षको मुटुको रुपमा काम गरेको थियो र एकीकृत जनक्रान्तीमा पनी साबिकको भुमिकामा कतै कमी छैन । जति ऐतिहासिक भुमिका खेलेको छ त्यति नकारात्मक घटनाक्रम ब्यहोर्दै अाएको छ दलाली तस्करी मिटरब्याजी भरतिय दवदवाहा देखि अबैध कारोबार ठगीधन्दा को सामना , गुटगत मनस्थिती भेगिए र क्षेत्रिय संकिणता बाँके ले सामना गरिरहनु पर्ने नकारात्मक शिक्षा हुन यी सबै बाट माथी उठाउन सकियो भने क्रान्तीको लागि निर्णायक केन्द्रको रुपमा स्थापित गर्न सकिने मा कुनै दुईमत छैन ।