News Portal

  • नेकपा बर्दियाले बुझायो जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र

    विनित कुमार तिरुवा२०८१ जेठ १३
    १४३ पटक

    १३, जेष्ठ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल लाई आज ज्ञापनपत्र बुझाएको छ।

    नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हिम शिखर सीको नेतृत्वमा पार्टीका नगरपालिका/ गाउँ पालिका इन्चार्ज र जबस मोर्चाको ११ जना नेतृत्वहरुको उपस्थितिमा ४ बुदे माग जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई र जिल्लासंग सम्बन्धित ३ बुदे गरि ७ बुदे माग सहित ज्ञापनपत्र बुझाएको हो।

    इन्चार्ज हिमशिखरले पढेको ज्ञापनपत्रलाई ध्यानपुर्बक सुनेका प्र.जि.अ.ले ज्ञापनपत्रलाई अगाडि बढाउने र जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्धता सहित ज्ञापनपत्र बुझेका छन्

    उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी निरीक्षकको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्