News Portal

  • उत्तर कोरीयाले सार्वजनिक गर्यो सबमरिनबाट प्रहार गर्ने ब्यालेष्टीक मिसाईल

    जनगर्जन संवाददाता
    ५७६ पटक

    माघ २ एजेन्सी । उत्तर कोरीयाले सबमरिनबाट प्रहार गर्न सक्ने ब्यालेष्टीक मिसाईल सार्वजनिक गरेको छ । उत्तर कोरीयाली सञ्चार माध्यमहरुले यो विश्वकै सबै भन्दा शक्तिशाली हतियार भएको दाबी गरेका छन् ।

    राष्ट्रपति किम जोगं उनको उपस्थितिमा भएको सैन्य परेडमा अन्य थुप्रै घातक मिसाईलहरु प्रदर्शन गरिएको समाचारमा उल्लेख छ ।
    केही दिन अघि मात्रै अमेरीका सबै भन्दा ठूलो शत्रु भएको बताएका किमले शक्तिशाली परमाणु हतियार बनाउने चेतावनी दिएका थिए ।
    यो क्षेप्यास्त्रहरु यस अघि नदेखिएको र नयाँ विकास गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस्