News Portal

  • जनयुद्धलाई सम्झाैतामा टुंग्याएर तत्कालीन नेतृत्वले धाेका दिएकाे आराेप लगाएकी छन। सम्झना सी

    जनगर्जन संवाददाता२०८० फाल्गुण १
    ९३ पटक

    कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य सम्झना सीले जनयुद्धलाई सम्झाैतामा टुंग्याएर तत्कालीन नेतृत्वले धाेका दिएकाे आराेप लगाएकी छन् । २९ औं जनयुद्ध दिवसकाे अवसरमा नेकपा केन्द्रीय कार्यालय कपिलवस्तुमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उनले यस्ताे बताएकी हुन् ।
    ८० प्रतिशत भूभागमा कम्युनिस्ट झण्डा फहराएर विजयी हुँदा पनि तत्कालिन नेतृत्वले साम्राज्यवादसँग सम्झाैता गरेर जनतालाई धाेका दिएकाे उनकाे भनाई थियाे । त्यहि धाेकाबाट उठेर नेकपाले एकीकृत जनक्रान्तिकाे कार्यदिशा विकास गरेकाे बताइन् ।
    जनवादी विवाहदेखि सी संस्कृतिसम्मकाे विकास ऐतिहासिक उपलब्धी भएकाे भन्दै यसलाई जनस्तरमै पुर्याउनु पर्नेमा उनकाे जाेड थियाे । जनयुद्ध सर्वहारावर्गको निम्ति निकै ठूलो इतिहास बनेकाे उनकाे भनाई थियाे ।
    जनयुद्धकाे रक्षा नेकपाले मात्र गर्न सक्ने भन्दै । त्यसैकाे जगमा एकीकृत जनक्रान्तिकाे विकास भएकाे जिकिर गरिन् । कार्यक्रममा महासचिव विप्लवकाे अध्यक्षता रहेकाे थियाे भने नेकपा पाेलिटव्युराे सदस्य संजिव सीले संचालन गरेका थिए । कार्यक्रमका उपस्थिति नेता कार्यकर्ता तथा जनसमुदायलाई नेकपा पाेलिटव्युराे सदस्य विजय सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रमका सामना परिवारले बेजाेड प्रस्तुती प्रस्तुत गरेकाे थियाे ।

    प्रतिकृया दिनुहोस्