News Portal

  • सर्लाहीमा दुई थान पेस्तोलसहित दुई जना पक्राउ

    जनगर्जन संवाददाता
    २०६ पटक

    काठमाडौं । सर्लाहीमा दुई थान पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

    सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो । उनीहरू बिआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै थिए ।

    चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि उनीहरू पक्राउ पेका हुन् । उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ ।

    बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्