News Portal

  • नेपालमा सैन्य अखडा राख्न खाेज्दैछ अमेरिका : विप्लव सी

    जनगर्जन संवाददाता
    १७० पटक

    कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकाले नेपालमा सैन्य अखडा राखेर चीनको विरुद्ध लड्न खाेजिरहेकाे बताएका छन् ।

    कपिलवस्तुस्थित पार्टी कार्यालयमा आजदेखि सुरुमा भएको  केन्द्रीय प्रतिनिधि समितिकाे बैठकमा प्रस्ताव प्रस्तुत गर्दै महासचिव विप्लवले एमसीसीकाे घाेडा चढेर अमेरिकाले सैन्य अखडा राखे नेपाल युक्रेन बन्न सक्ने भन्दै यस्तो खण्डमा नेपालका सम्पूर्ण कम्युनिस्टहरु लड्न तयार हुनुपर्ने बताए ।

    नेकपाकाे केन्द्रीय प्रतिनिधि बैठकमा महासचिव विप्लवले आज राखेकाे प्रस्तावमा सहभागीहरुले छलफल गरिरहेका छन् ।

    छलफलका लागि बैठकमा सहभागी १८० जनालाई २६ वटा समुहमा विभाजित गरिएको छ र छलफल भइरहेको छ । भाेलि बिहान ८ बजेदेखि समुहका टाेली नेताहरूले समुहको धारणा राख्ने क्रम सुरु हुनेछ ।

    प्रतिकृया दिनुहोस्