News Portal

  • प्रधानमन्त्री दाहाल र साउदी राजदूतबीच भेटवार्ता

    जनगर्जन संवाददाता
    ७१ पटक

    काठमाडौँ । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न सोमबार राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

    प्रधानमन्त्रीको कार्यालयअनुसार दुईजनाबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको थियो ।

    प्रतिकृया दिनुहोस्