News Portal

  • रुसमा दुई लाख तीस हजारभन्दा बढी सैनिक भर्ती

    जनगर्जन संवाददाता
    १७२ पटक
    मस्को । मस्कोको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले यस वर्षको सुरुदेखि रुसले दुई लाख ३० हजारभन्दा बढी सैनिक भर्ती गरेको बताएका छन् ।

    “रुसले जारी युक्रेनी प्रतिआक्रमणलाई रोक्न र द्वन्द्वको समयमा कब्जा गरेको क्षेत्रहरू कब्जा गरिरहन चाहन्छ त्यसैले मस्कोले यस वर्ष जनवरी १ देखि अगस्ट ३ सम्म आक्रामक शैलीमा सैन्य भर्ती अभियान सञ्चालन गरेको छ,” उनले भने ।

    सन् २००८ देखि २०१२ सम्म रुसी राष्ट्रपति रहेका मेदभेदेवले भने, “कूल दुई लाख ३१ हजारभन्दा बढी लाई सैनिक करार सेवाका लागि स्वीकार गरिएको छ ।”

    गत सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘आंशिक’ सैन्य परिचालनको घोषणा गर्नुभएको थियो, जुन दोस्रो विश्वयुद्धपछि पहिलो घटना हो ।

    दोस्रो परिचालन अभियानको घोषणा गर्न अनिच्छुक मस्कोले रुसीहरूलाई वित्तीय प्रोत्साहनको साथ आकर्षित गर्ने आशामा यसको सट्टा एक विशाल सार्वजनिक सम्बन्ध निर्माण अभियानको विकल्प रोजेको छ ।

    अधिकारीहरूले उनीहरूको लक्ष्य सार्वजनिक गरेका छैनन् तर विभिन्न अनुमानहरूले मस्कोले चार लाख स्वयंसेवकहरू भर्ती गर्ने प्रयास गरिरहेको हुन सक्ने बताएका छन् ।

    रक्षामन्त्री सर्गेई शोइगुले गत वर्ष रुसको सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्‍याइने बताएका थिए ।-(रासस/एएफपी)

    प्रतिकृया दिनुहोस्