News Portal

  • विप्लवले फिर्ता पठाए सरकारले दिएको सुरक्षागार्ड

    जनगर्जन संवाददाता
    ५०३ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफुसँग रहेका सुरक्षागार्ड (पीएसओ) फिर्ता गरेका छन् ।

    विप्लवलाई तीन बुँदे सहमति लगत्तै नेपाल सरकारले उपलब्ध गराएको सुरक्षा टोली आवश्यक नरहेको बताउदै फिर्ता गरे पनि हालसम्म एक जना नेपाल प्रहरीका असई विप्लवसँग रहेका थिए ।


    महासचिव विप्लवले आफुसँग रहेका पीएसओलाई धन्यवाद सहित बिदा गरे नेकपाको केन्द्रीय कार्यलय स्रोतले जानकारी दिए । गत साउनमा ललितपुर जिल्ला अदालतबाट महासचिव विप्लव लगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि नेकपाले सरकार तीन बुदेँ सहमतिमा इमान्दार नभएको आरोप लगाइरहेको छ । पक्राउ पुर्जीको विरोध, राजबन्दीहरुको रिहाई र मुद्दा खारेजी, महंगी विरुद्ध नेकपा सहितको ४ दलीय मोर्चा आन्दोलनरत रहेको छ ।

    प्रतिकृया दिनुहोस्