News Portal

  • नेपाल कम्युनिष्ट पार्टी सहित चार कम्युनिस्ट पार्टीले संयुक्त रुपमा भक्तपुरमा बुझाए ज्ञापनपत्र

    जनगर्जन संवाददाता
    २८७ पटक
    भक्तपुर , १ भदौ । नेत्रविक्रम चन्द ( विप्लप ) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित चार कम्युनिस्ट पार्टीले सयुक्त रुपमा भक्तपुरका नेताकार्यकर्ताहरुले विप्लप सहितका नेताहरु माथी हालै ललितपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जि फिर्ताको माग गरेका छन् ।
    गत साउन १६ गते जिल्ला अदालत ललितपुरले पार्टीका महासचिव विप्लप सहित २८ जना शिर्ष नेताहरु माथी ३५ दिने पक्राउ पुर्जि जारी गरेको थियो । त्यस बिरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुर मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै ञउक्त पक्राउ पुर्जि फिर्ताको माग गरेका हुन् । केपी ओली सरकारका पालामा २०७७ साल फागुन २१ गते विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथि लगाईएको प्रतिबन्ध सरकारले फिर्ता गरेको थियो । ३ बुँदे उक्त सहमति पत्रमा भनिएको छ–‘ नेपाल सरकार , नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध हटाउन , कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पुर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।
    ’ उक्त तीन बुँदे सहमति विपरित जारि गरिएको पक्राउ पुर्जिलाई नेपाल कम्युनिस्ट पार्टी लगाएत चार कम्युनिस्ट पार्टी खेदजनक, षडयन्त्रमुलक र मुलकलाई जबरजस्त द्धन्द्धमा धकेल्ने नियोजित मनसायमा आधिरित छ ’ अविलम्व उक्त तीन बुँदे सहमतिको पालना गर्दै पक्राउ पुर्जि फिर्ताको जोडदार माग गर्दछौं भनिएको छ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी विजय, नेकपा शशिकला घिमेरे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी ,नेपालका सुरज ओझा नेपापा माओवादी समाजवदीका धनकुमारी मगरद्धारा हस्ताक्षरित ४ बुँदे ज्ञापन पत्रमा एमसिसी र एसपीपी परियोजनालाई राष्ट्रघाती परियोजनाको संज्ञा दिदै चार कम्युनिस्ट पार्टीहरुले आन्दोलनरत रहेको उल्लेख गरिएको छ । देशमा यति बेला चरम मुल्यबृद्धि भएको र जनता चर्को महँँङ्गीको मारमा परेर कष्टकर जिवन बिताउन बाध्य भएको उल्लेख गर्दै मुल्यबृद्धि नियन्त्रण गर्न माग समेत गरिएको छ ।
    सरकार भ्रस्टचारको दलदलमा फसेको आरोप लगाउँदै त्यो रोक्न र राष्ट्रहित विपरितका सन्धि सम्झौता खारेज गर्न पनि नेपाल कम्युनिष्ट पार्टीले माग गरेको छ । उक्त ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रदेबि शर्मा आफुले सम्वन्धित निकायमा तत्काल पठाउने जानकारी दिएकी थिन।
    प्रतिकृया दिनुहोस्