News Portal

  • चीनले न्यान्सी पेसोलीलाई लगायो प्रतिबन्ध

    जनगर्जन संवाददाता
    ५३४ पटक

    काठमाडौं । चीनले न्यान्सी पेलोसी र उनको परिवारका सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।

     

    अमेरिकी संसदकी सभामुख पेलोसीले ताइवानको भ्रमण गरेपछि चीन आक्रोशित मात्रै बनेनन्, ताइवान वरपरका क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेको छ ।

    चिनियाँ विदेशमन्त्री वाङ यीले एक विज्ञप्ति जारी गर्दै पेलोसीले ‘चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको र चीनको एक चीन नीतिलाई अवमूल्यन गरेको, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको ’ र ताइवानको क्षेत्रको शान्ति र स्थिरतालाई नोक्सान पुर्याएको बताए ।

    चीनले ताइवानलाई आफ्नो हिस्सा ठान्छ तर ताइवानले भने आफूलाई स्वतन्त्र देश ठान्छ । अर्कोतर्फ न्यान्सी पेलोसी आफ्नो एसियाली भ्रमणको अन्तिम बिन्दुका रुपमा शुक्रबार जापान पुगेकी छिन् ।

    पत्रकार सम्मेलनमा पेलोसीले आफ्नो ताइवान भ्रमणको उद्देश्य यथास्थिति परिवर्तन गर्नु नभएको स्पष्ट पारिन् । उनले अमेरिकाले ताइवानलाई कहिल्यै एक्लो हुन नदिने बताएकी छन् ।

    प्रतिकृया दिनुहोस्