News Portal

  • प्रचण्ड र बाबुरामबीच भेटवार्ता

    जनगर्जन संवाददाता
    ५९६ पटक

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

    बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको माओवादी केन्द्र निकट स्रोतले बताएको छ । पछिल्लो समय चुलिएको विवादका कारण जसपा फुटको संघारमा पुगेको छ ।

    पार्टीभित्र विवाद चर्किएका बेला भट्टराइले दाहालसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । पूर्व माओवादीहरूबीच एकताको प्रयास भैरहेका बेला प्रचण्ड र भट्टराईबीच उपराष्ट्रपति निवासमै यसअघि दुईपटक छलफल भैसकेको छ ।

    प्रतिकृया दिनुहोस्