News Portal

प्रचण्डले रोपेको बीउ कहिले फुल्छ ?

जनगर्जन संवाददाता
५१८ पटक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने बताएका छन् ।

बुधबार पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले भने केपी ओली प्रवृत्तिको नेतृत्व नरहेको अवस्थामा एमालेमा रहेका कयौं साथीलाई समाजवादको यात्रातिर लैजान सकिने र उनीहरुसँग सहकार्य हुन सक्ने बताए ।

उनले भने ‘माओवादीहरू एक हुनुपर्छ भन्ने जनताको तहबाट दबाब आएको छ ।जनताको आवाजलाई नसुनेजस्तो गर्नु हुँदैन ।’ आग्रह, पूर्वाग्रह त्यागेर सबैलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै उनले भने, ‘एक ठाउँमा सबै उभियौँ भने त्यो यस्तो भौतिक शक्ति हुनेछ, जसलाई कसैले रोक्नै सक्दैन ।’


माओवादी मात्र मिलेर हुन्छ भन्ने भ्रममा पनि नपर्न आग्रह गर्दै उनले सबै सच्चा कम्युनिस्टलाई एकीकृत र केन्द्रीकृत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘माओवादी बाहिर पनि देशको स्वाधिनताका लागि लड्ने मान्छे छन् ।’ त्यस्ता मान्छे एमालेभित्र पनि रहेको उनको भनाइ थियो ।

 

प्रतिकृया दिनुहोस्