News Portal

एकीकृत समाजवादीका चार मन्त्रीले लिए सपथ

जनगर्जन संवाददाता
५५६ पटक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का चार जना मन्त्रीले सपथ लिएका छन्। सोमबार बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।

मेटमणि चौधरीलाई शहरी विकास, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्य मन्त्री नियुक्त गरेकी थिइन्। नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्ने छन्।

स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हिराचन्द्र केसीलाई प्रधानमन्त्री देउवाले सपथ खुवाएका छन्। यसअघि राज्यमन्त्री रहेका खापुङ यसपालि स्वास्थ्य मन्त्रीमा बढुवा भएका हुन।

प्रतिकृया दिनुहोस्