News Portal

मन्त्री झाँक्रीले भावुक हुँदै दिईन राजिनामा

जनगर्जन संवाददाता
४९० पटक

काठमाडौं । सहरी विकास मन्त्री कुमारी झाक्रीले पदबाट राजीनामा दिएकी छन्। उनले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरी आठ महिना २० दिनको जिम्मेवारीपछि पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् ।

त्यसअगाडि नै उनले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएकी थिइन्। बिदाई कार्यक्रममा उनी भावुक बनेकी थिइन्। उनले बारम्बार आँसु पुछिन्। बोल्न नसक्ने अवस्था उत्पन्न भएपछि घोसेमुन्टो लगाइन्।

मन्त्री झाक्रीलाई मन्त्रालयले चिनो उपहार गरेर बिदाइ गरेको छ।

 

प्रतिकृया दिनुहोस्