News Portal

  • निर्वाचनमा माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता छ : प्रचण्ड

    जनगर्जन संवाददाता
    ३३८ पटक

    काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा नभएको बताएका छन् ।

    नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधान विरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताएका छन।

    प्रचण्डले सङ्घको निर्वाचन सम्म गठबन्धन कायम रहने बताए । उनले निर्वाचनमा माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता रहेको बताए । प्रचण्डले चुनावमा माओवादीले हारे संविधान, गणतन्त्रले हार्ने बताउदै भने महिला, दलित, जनजाति, थारू, आदिवासी, मधेशी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ, सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ, त्यो अधिकारले हार्छ ।

    प्रतिकृया दिनुहोस्