News Portal

  • जसपा यादव पक्षको संसदीय दलको बैठकमा १९ सांसद सहभागी

    जनगर्जन संवाददाता
    ५२५ पटक

    काठमाडौं, २ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक बसेको छ । आज पार्टी मुख्यालय बालकुमारीमा बसेको बैठकमा १९ जना सांसद उपस्थित् भएको बैठकमा सहभागी सांसद प्रदीप यादवले जानकारी दिएका छन् ।

    आजको बैठकमा अध्यक्ष यादवले भोलिबाट सुरु हुने संसद बैठकमा पार्टीले खेल्ने भूमिकाको बारेमा सांसदहरुलाई ब्रिफिङ गरेका थिए । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने विषयमा पछि छलफल भएको यादवको भनाई छ ।

    यसअघि जसपामा अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा खुलेका केही सांसदहरुले भने ठाकुर पक्षको साथ छोडेर यादव पक्षमा आएका छन् । उनीहरु आजको बैठकमा समेत सहभागी थिए ।
    प्रतिकृया दिनुहोस्