News Portal

  • नेकपाका महासचिव विप्लव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    जनगर्जन संवाददाता
    ३८८ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा जनता र राष्ट्रका समस्याका विषयमा छलफल भएको बताइएको छ ।

    सो भेटवार्तामा महासचिव विप्लवले नयाँ सरकार बनेको सन्दर्भमा आफ्नो पार्टी र ओली सरकारबीच भएको तीनबुँदे सहमतिको स्वामित्व नयाँ सरकारले लिनुपर्ने बताएका थिए भने प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका समस्याहरूको बारेमा व्याख्या गर्दै कम्युनिस्ट आन्दोलनलाई कसरी गतिदिने भन्ने विषयमा आफ्नो धारणा राखेको बताइएको छ ।

    प्रचण्डनिवास खुमलटार काठमाडौँमा बुधबार भएको सो भेटवार्तामा नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि उपस्थित थिए ।सो भेटवार्ताको क्रममा नेकपाका महासचिव विप्लव र कञ्चनले प्रचण्डपत्नी सिता दाहालको स्वास्थ्यलाभको कामना गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्