News Portal

  • देउवा र प्रचण्ड ,माधव नेपाल भेट्न उनकै निवास पुगे कोटेश्वरमा

    जनगर्जन संवाददाता
    ४४५ पटक

    काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    सभापति देउवा, अध्यक्ष प्रचण्ड  र वरिष्ठ नेता नेपालबीच नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता जारी रहेको नेता नेपालको सचिवालयले जनाएको छ ।  उनीहरुबीच साढे ६ बजेदेखि भेटवार्ता भएको हो ।  तीन नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको  बुझिएको छ ।

    कर्णालीका चार प्रदेश सांसदलाई महाधिवेशन आयोजक कमिटीका तर्फबाट गरेको कारवाहीलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि एमाले अध्यक्ष केपी ओलीले नेता माधव नेपालसहितको पार्टी बैठक बोलाउने प्रयास गरिरहेका छन् ।  सोही बेला विपक्षी गठबन्धनमा रहेका नेता नेपालसँगको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    प्रतिकृया दिनुहोस्