News Portal

राजावादीको प्रदर्शन दुर्घटनाको कुचेष्टा: समाजवादी मोर्चा

जनगर्जन संवाददाता२०८१ फाल्गुण २७
८३ पटक

काठमाडौँ । समाजवादी मोर्चाको आज बसेको बैठकले गणतन्त्रलाई उल्ट्याउन राजावादीहरूले ठुलो प्रतिगामी षड्यन्त्र खेलेको मोर्चाले निष्कर्ष निकालेको छ ।

आज मंगलबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रतिगामी षड्यन्त्रबारे गम्भीर समीक्षा भएको मोर्चाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए ।

‘२०६५ सालमा नेपाली जनताले हटाइसकेको र तिरस्कार गरिसकेको राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने जुन हर्कत चलिराखेका छन् । यसलाई हामीले ठुलो प्रतिगामी षड्यन्त्र भएको निष्कर्ष निकालेका छौँ । वस्तुनिष्ट ढंगले विश्लेषण गरेको छौँ । षड्यन्त्रबारे गम्भीर समीक्षा गरेको छौँ’, उनले भने ।

मोर्चाले २५ गते राजावादीको जुलुसलाई ठुलो घटना घटाउने कुचेष्टा भएको ठहर गरेको छ ।

प्रतिकृया दिनुहोस्