काठमाडौ । पठनपाठन सँस्कृतिलाई प्रबर्द्धन गर्ने उदेश्यले गठित एकीकृत अध्ययन केन्द्रको प्रारम्भिक भेला सम्पन्न भएको छ।काठमाडौको बाल्मिकी क्याम्पसमा आज सम्पन्न भेलाले रामलाल सी संयोजक रहेको ११ सदस्यीय समिति चयन गर्दै भेला सम्पन्न भएको हो।
भेलाले संस्थाको नाम एकीकृत अध्ययन केन्द्र(Unified Study Centre ) राख्ने, आवश्यकता अनुसार संस्थालाई दर्ता गरि व्यवस्थित गर्न सकिने, यसलाई सी क्याफेको रुपमा पनि अघि बढाउन सकिने र सदस्यका प्रकारमा साधारण, आजीवन र सल्लाहकार सदस्यको व्यवस्था गर्ने निर्णय गरेको छ।
एकीकृत अध्ययन केन्द्रले अध्ययन, अनुसन्धान, लेखन, प्रकाशन एवं प्रसारण गर्ने ,बहस-छलफल, गोष्ठी एवं अन्तर्क्रिया गर्ने , ज्ञान र अनुभव आदानप्रदान गर्ने,अध्ययन सामाग्रीहरु संकलन एवं प्रवर्द्धन गर्ने ,ज्ञान उत्पादन एवं निर्माण सम्बन्धि अन्य कार्य गर्ने उदेश्य राखेको छ।
त्यस्तै संस्थाको क्रियाकलाप गर्दा भौतिक उपस्तिथि एवम् भर्चुअल दुबै माध्यम प्रयोग गर्न सकिने,हप्तामा एकदिन भर्चुअल, महिनामा एकदिन भौतिक रुपमा र आवश्यकता अनुसार जुनसुकै समयमा केन्द्रित भै कार्यक्रम सञ्चालन गर्ने तथा आगामी फागुन तेश्रो हप्ता भित्र `संविधान संशोधन र निर्वाचन प्रणाली विषयक´ विचार गोष्ठी काठमाडौमा आयोजना गर्ने निर्णय समेत गरेको छ।
अध्ययन केन्द्रको नेतृत्वबारे संयोजक र सदस्य सचिव २/२ महिनामा चक्रिय प्रणालीको आधारमा फेरबदल गरिने र एक वर्षमा भेला मार्फत नयाँ कार्यसमिति चयन गर्ने प्रावधान राख्ने निर्णय पारित गरिनुका साथै सदस्य सचिवको रूपमा प्रतिबद्ध सीलाई तोक्ने निर्णय गरेको छ भने कार्यसमिति सदस्यहरुमा भृकुटी सी,चिरञ्जीवी सी,बिपिन सी,शेर बहादुर सी,प्रकाश सी,सुदर्शन सी,नरेन्द्र सी,कुशल सी,बिष्णु सी रहने निर्णय गरेको छ।