News Portal

एलिना चौहानले गरिन् सम्बन्ध बिच्छेदको मुद्दा दर्ता

जनगर्जन संवाददाता२०८१ माघ १८
१२६ पटक

काठमाडौं । गायिका एलिना चौहानले पति बिष्णु सापकोटासँग सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेकी छन् । उनले अशं र मानाचामल केही नलिने गरि काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी हुन ।

काठमाडौं जिल्ला अदालतमा शुक्रवार दर्ता भएको फिरादमा पति सापकोटाले आफ्नो चरित्रमाथि शंका गरेको र पति पत्नीको रुपमा सम्बन्ध सुमधुर हुन नसकेको जिकिर गरेकी छन् ।

लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएको चर्चा पनि छ। झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाख ५ गते मात्र विवाह गरेका थिए।

विष्णु अस्ट्रेलिया बस्छन्। विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिईन। तर छोटो बसाइ पछि नै एलिना दसैंअघि नेपाल फर्किइन्। त्यसयता उनी नेपालमै छिन्।

प्रतिकृया दिनुहोस्