News Portal

ढलेको क्रान्तिलाई हामीले ब्युझाएका छौं : विप्लव सी

जनगर्जन संवाददाता२०८१ पौष १
२२६ पटक

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा आफूहरुले ढलेको क्रान्तिलाई पुनः ब्युझाएको बताएका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रिय कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिमा आएको प्रतिक्रान्ती पछि पुनः क्रान्ति ब्युझाएको दाबी गरेका हुन् ।

बिहिवार देखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत दस्तावेज माथी केन्द्रीय सदस्यहरुले राखेका धारणाबारे स्पस्ट पार्ने क्रममा महासचिव विप्लवले पछिल्लो एक दशकयता नेपाल कम्युनिस्ट पार्टीले मार्क्सवाद, लेनिनवाद र माओवादका तीन संघटक अंगहरुमा थप बिकास गरेकोले बिचारको संश्लेषण जरुरी रहेको बताए।

मन्तव्यको क्रममा महासचिव विप्लवले नेपालमा संसदीय व्यवस्था कि समाजवाद भन्ने बिषयलाई नेपाल कम्युनिस्ट पार्टीले आम रूपमा स्थापित गरेको र अब नेपाली विशेषताको समाजवाद देशको आर्थिक राजनीतिक संकटको निकास भएको बताए।

समाजवादबारे अहिले सबैतिर बहस छ, धेरै नेताकार्यकर्ता बुद्धिजीवी र पार्टी भित्र समाजवाद आवश्यक छ भन्ने चर्चा छ तर दलाल पुँजीवादलाई पछार्ने र समाजवाद स्थापना गरिछाड्ने दृढतासहित समाजवादलाई एजेन्डा बनाएर लडिरहेको पार्टी नेकपा मात्रै भएको भन्दै विप्लवले त्यसका लागि चुनाव लगायत संघर्षका सबै मोर्चा खोल्नु जरुरी रहेको बताए।

संसदीय पुँजीवादी व्यवस्था अन्तर्गत हुने चुनावको प्रयोग गर्ने वा बहिस्कार गर्ने भन्ने कम्युनिस्टहरुको परम्परावादी मान्यता र चुनाव सम्बन्धि लेनिनको प्रयोग भन्दा नयाँ र फरक दृष्टिकोणसहित आफूहरु अगाडि बढिरहेको महासचिव विप्लवको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्