News Portal

जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार घुससहित पक्राउ

जनगर्जन २०८१ कार्तिक २७
३०५ पटक

कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयले जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्पुटर अपरेटर विकास पाण्डेलाई रंगेहात घुससहित पक्राउ गरेको छ ।

समयमा नै बिना झन्झट जग्गासम्बन्धी सबै काम गरिदिने भन्दै उनीहरुलाई रकम मागेको र त्यही बमोजिम २० हजार रुपैयाँ घुस लिएको अवस्थामा कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको छ ।

अहिले दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको प्रक्रिया थालिएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्