News Portal

  • पहाडी भु भागमा आज पनि वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

    जनगर्जन संवाददाता२०८१ कार्तिक २०
    ८१ पटक

    काठमाडौ । आज पनि देशका सामान्यतया केही ठाउँमा वर्षा भइरहेको छ । पहाडी भू-भागका एक/दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको हुँदा आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

    राति पनि बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।देशका विभिन्न ठाउँमा सोमबार पनि वर्षा भएको थियो ।

    प्रतिकृया दिनुहोस्