News Portal

  • अहिलेसम्म बाढी पहिरोमा परी दुई सय २८ जनाको मृत्यु

    जनगर्जन संवाददाता२०८१ आश्विन १६
    ७९ पटक

    काठमाडौँ । २ दिनसम्म परेको अविरल वर्षा संगै आएको बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ,भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

    सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ताले बताएका छन ।

    प्रतिकृया दिनुहोस्