News Portal

  • अहिलेसम्म बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ , बेपत्ता ७२ जना

    जनगर्जन संवाददाता२०८१ आश्विन १३
    ८५ पटक

    काठमाडौं । ३ दिनको अविरल वर्षापछि आएको ठूलो बाढी,पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म ९९ पुगेको छ भने ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् ।

    गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ ।

    काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको प्रवक्ता तिवारीले जानकारी दिए ।

    मकवानपुर ,सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीको भनाइ छ ।

    उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका २ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस्