News Portal

  • धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएको बसबाट १४ जनाको शव निकालियो

    जनगर्जन संवाददाता२०८१ आश्विन १२
    १०६ पटक

    कपिलवस्तु । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

    शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

    त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको छ ।

    पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजीकार्य गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्