News Portal

  • शिक्षक खेमराज गिरिले जन्मदिनमा शैक्षिक सामग्री वितरण

    शेर ब •बिश्वकर्मा २०८१ आश्विन ११
    ११० पटक

    कालिकोट । जिल्लाको सान्नि त्रीबेणि गाउपालिका स्थित श्री शंकर माध्यमिक विद्यालय सेरीज्युलाका शिक्षक तथा सूचना अधिकारी खेमराज गिरीले आफ्नो जन्म दिनको अवसरमा आफ्नै बिद्यालयका छात्र छात्राहरूलाइ शैक्षिक सामाग्री बितरण गरेका छन ।

    राष्ट्रिय भलिबल खेलाडी समेत रहेका खेमराज गिरीले आफनो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको बताएका हुन । शान्नि त्रिवेणी गाउँपालीका वडा नं.१ मा रहेको श्री शंकर माध्यमिक विध्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई विहिबार शैक्षिक सामग्री वितरण गरेर उनले आफ्नो जन्मदिन मनाएका हुन।

    पछिल्लो समय जन्मदिनलाई उत्साह पुर्वक मनाउने र फजुल खर्च बढाउने गरेको भन्दै फजुल खर्चलाई कटौती गरी सामाजिक कार्यमा लगाउनु पर्छ भन्ने उद्देश्यले आफ्नो जन्मोत्सवलाई फरक तरिकाले मनाएको सुचना अधिकारी तथा राष्ट्रिय भलिबल खेलाडी गिरिले बताएका छन्।

    विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई कापी, कलम, लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।
    बिद्यालयमा एक कार्यक्रम गरि सो वडाका वडा अध्यक्ष बैकुण्ठराज गिरी , बिद्यालयका प्रधानाध्यापक मिना कार्किले शैक्षिक सामाग्रि हस्तान्तरण गरेका थिए । शिक्षक र बिद्यार्थिहरूको बिचमा बिद्यालयमा रहेका सरोकारवालको उपस्थितिमा कार्यक्रमको आयोजना गरि सामाग्री बितरण गरिएको हो ।

    प्रतिकृया दिनुहोस्