News Portal

  • बन्दै छ पब्लिक स्वीमिङ पुल, श्रमकार्यमा व्यस्त नेकपा महासचिव विप्लव सी

    विष्णु विश्वकर्मा२०८१ आश्विन ६
    २११ पटक

    कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी २ दिनदेखी निरन्तर स्विमिङ पुल निर्माण कार्यमा व्यस्त रहेका छन् ।

    कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ अञ्चलपुरस्थित नेकपाको केन्द्रीय कार्यालय सी भान्साघर परिसरमा स्विमिङ पुल निर्माण गर्न लागिएको छ ।

    निर्माणाधीन पब्लिक स्विमिङ पुल नेकपा र स्थानीय जनताको संयुक्त स्वामित्वमा निर्माण गर्न लागिएको हो । महासचिवले दिएको जानकारी अनुसार उक्त निर्माणाधीन पब्लिक स्विमिङ पुल १८ मिटर लम्बाई र ८ मिटर चौडाइ रहेको छ । उक्त पुल निर्माणमा नेकपा महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य सन्तोष सी,पिबिएम कृति सी,पिबिएम बिजय सी लगायत केन्द्रीय सदस्य अडिग सी,सुशील सी,विमर्श सी, केन्द्रिय प्रतिनिधि सदस्य सुश्मा सी,कपिलवस्तु जिल्ला सेक्रेटरी पावेल सी, अन्य नेता कार्यकर्ता शिक्षक लगायतका स्थानीय जनसमुदायहरुको ठुलो श्रमदान रहेको छ ।

    उक्त पब्लिक स्वीमिङ पुल निर्माणका बिषयमा महासचिव बिप्लब सीको धारणा अनुसार केन्द्रिय कार्यालय अन्तरगत संरचना तथा पुर्वाधारहरु सबै हुनुपर्छ भन्ने मान्यतालाइ लिएर यो निर्माण कार्यको सुरुवात गरिएको हो । केन्द्रिय कार्यालय र गाउँका स्थानीय जनसमुदायहरुलाई गर्मीको मौसममा सहुलियत मुल्यमा पौडी पोखरीमा आनन्द लिनको लागि यसको निर्माण गर्न लागेका छौ । यसको ब्यवस्थापनको लागी पार्टीको सहयोग र स्थानिय व्यावसायिहरुको सहयोगबाट यो निर्माण कार्यको सुरुवात गरेको बताएका छन ।

    उनले यसै सन्दर्भमा पनि देश र राजनीतिको विषयमा पनि चासो राखेका छन । देशमा समाजवाद ल्याउनुपर्छ । नेपाली विशेषताको समाजबाद बदल्न हाम्रो पनि चाहना छ र जनताको पनि चाहना छ , तसर्थ निराशा मात्र छैन एकप्रकारको आशा पनि जागेको छ त्यसकारण देशलाई समाजवादतिर नलगेर हुदैन समाजवाद तर्फ लैजानको लागि जनताको पनि त्यत्तिकै चाहना छ त्यसकारण जनभावना र जनअपेक्षा बढेको छ ।

    उक्त श्रमकार्यमा शिवराज नगरपालिका वडा न ९ शिबगढी युबा संजालका अध्यक्ष पर्शुराम केसी ,सचिव विक्रम केसी लगायतको टिमको सहभागितामा बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टा श्रमदान कार्यमा जोडिएका छन । यसै श्रमदान कार्यमा सी गार्मेन्टका सम्पुर्ण टिम एक दिनका लागि आफनो गार्मेन्ट बन्द गरि श्रममा सहभागीता जनाएका छन ।

    उनिहरुको भनाईअनुसार, उक्त श्रमकार्यमा नेकपा महासचिव विप्लव सी संग जोडिएर काम गर्न पाउदा खुशी व्यक्त गरेका छन । नेकपाको अबको कार्यहरुमा पनि यसरी नै जोडिएर काम गर्ने बताएका छन ।

    उक्त श्रमदान कार्यमा लगभग ६०/७० जना जोडिएका छन ।

    प्रतिकृया दिनुहोस्