काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी अन्तरास्ट्रिय विभागको आयोजनामा MCC,SSp र राष्ट्रिय स्वाधीनता विषयक अन्तर्कृया कार्यक्रम मङलबार काठमाडौको नेपाल प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको छ ।
नेकपाको महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथी वक्ताहरुमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ ,नेकपा ( एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, पुर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला, भौतिक पुर्वाधार नीति विज्ञ डा. सुर्यराज आचार्य , पुर्वप्रमुख सेनानी तथा सुरक्षाविज्ञ वाशुदेव घिमिरे,वरिष्ठ अधिवक्ता एकराज भण्डारीको उपस्थिती रहेको थियो ।
अमेरिकी साम्राज्यवाद र दलाल पुँजीवादको चपेटाका कारण देश संकटग्रस्त भएको उल्लेख गर्दै अमेरिकी साम्राज्यवादले नेपाललाई खतराको बाटोमा दोहोर्याई रहेको छ जसले गर्दा नेपालको वर्तमान राष्ट्रिय स्वाधिनतालाई पनि असर पार्ने देखिन्छ ।
उक्त कार्यक्रमको सन्चालन नेकपाका अन्तरास्ट्रिय विभाग कार्यालय सचिव शंकर सीले गरेका थिए।