News Portal

तम बहादुर जैसीको निधनप्रति श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सीको शोक वक्तव्य

जनगर्जन २०८१ साउन २७
४१३ पटक

 

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सीले मोर्चाका केन्द्रिय सदस्य कमरेड सुशील सी का पिता बागलुङ निवासी ७८ वर्षिय तम बहादुर जैसीको निधन प्रति शोकवक्तव्य जारी गर्नु भएको छ ।

शोक वक्तव्य पुर्ण पाठ:

श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सदस्य क. सुशील सीको पिता तम बहादुर जैसीको २०८१।४।२२ गते बाग्लुङ्ग जिल्ला ढोरपाटन-४ खुङ्गामा ७८ वर्षको उमेरमा असामयिक निधन भएकोमा हामी अत्यन्तै स्तव्ध र मर्माहत भएका छौं ।
श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय समिति गहिरो दुःख प्रकट गर्दै, उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ साथै, यस दुःखद् घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुका साथै उहाँहरुलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौं ।

प्रतिकृया दिनुहोस्