News Portal

  • दैलेख-काठमाडौ समाजवादी मञ्च गठन, अध्यक्षमा कृष्ण बहादुर शाही

    जनगर्जन २०८१ साउन ११
    २६७ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको दैलेख–काठमाडौं समाजवादी सम्पर्क मञ्च गठन भएको छ । शुक्रबार  काठमाडौंको कान्तिपुर सिटि कलेजको हलमा सम्पन्न कार्यक्रमको पहिलो भेलाले कृष्ण बहादुर शाहीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

    कमल थापा को अध्यक्षतामा सम्पन्न भेलामा नेकपा स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज क. सुशील सीको प्रमुख आतिथ्यतामा तथा विशेष अतिथि उधोगपति दीप बहादुर शाही, अतिथिहरु नेकपा केन्द्रीय सदस्य क. रामलाल सी, नेकपा के. स. क. राजकुमारी सी, केन्द्रीय प्रतिनिधि सदस्य क. विक्रम सी, केन्द्रीय प्रतिनिधि सदस्य क. कुशल सी, केन्द्रीय प्रतिनिधि सदस्य क. हरि सी, व्यवसायी क. सहवीर बिके तिरुवा, जनसम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष क. रत्न सी र अन्य पदाधिकारीहरु, कलाकारहरु खगेन्द्र बिश्वकर्मा, कुसुम परियार र गोविन्द सीको उपस्थिति रहेको थियो ।


    प्रथम भेलाले उपाध्यक्ष – अभिशेक सुनार, सचिव – कमल थापा, सहसचिव – अस्मिता शाही र कोषाध्यक्ष रमेश शाही सहित २१ सदस्यीय कमिटी निर्माण गरि भव्यतापूर्वक आज साउन ११ गते काठमाण्डाैं को पुतलीसडक कान्तिपुर सिटी कलेज को हलमा सम्पन्न भएको छ  । साथै दीप बहादुर शाही र सहबिर तिरुवा लाई सल्लाहकार चयन गरिएको छ ।

    प्रमुख अतिथि, विशेष अतिथि  तथाअन्य अतिथिहरुले मन्तव्य राखेका छन भने सो भेलामा वक्ताहरुले यस दैलेख-काठमाण्डाैं समाजवादी मञ्चले नेपाली विशेषताको समाजवाद निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने र काठमाण्डाैंमा बस्नुहुने सम्पूर्ण दैलेखीहरुको चौतर्फी हितमा काम गर्नुपर्ने कुरालाई जोड दिएका छन ।

    भेलाको संचालन प्रतिबद्ध सीले गरेका थिए भने स्वागत मन्तब्य सर्जक सीको रहेको थियो । उक्त कार्यक्रममा इन्द्रेणी का कलाकार खगेन्द्र बिश्वकमा, कलाकार कुसुम परियार र सामना परिवारका गोविन्द सी को दमदार साँगीतिक प्रस्तुति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्