News Portal

  • नेकपा माओवादी केन्द्रको बैठक सर्‍यो

    जनगर्जन २०८१ साउन ११
    १०४ पटक

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सरेको छ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी सरेको छ । यसअघि बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी आह्वान गरिएको थियो ।

    सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक आज बस्ने भएकोले माओवादी पदाधिकारी बैठक सरेको पार्टीका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन ।

    आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।

    प्रतिकृया दिनुहोस्