News Portal

  • उत्तरपुस्तिका हराएको विषयमा गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न अखिल (समाजवादी)को माग

    वसन्त वि. क.२०८१ जेठ ३०
    १५० पटक

    काठमाडौं । अखिल (समाजवादी)ले त्रिविको परिक्षा शाखावाट उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्चस्तरिय छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
    अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सीेले बुधवार एक प्रेश विज्ञप्ति जारी गर्दै त्रिविका पूर्व रजिष्ट्रार प्रा.डा. चन्द्रमणी पौडेलको नेतृत्वमा गठित उच्चस्तरिय छानविन समितिको प्रतिवेदन तथा निकालेको निश्कर्ष तत्काल सार्वजनिक गर्न माग गरेको हो ं ।

    अखिल (समाजवादी)ले घटनाका दोशीहरुलाई तत्काल कडाभन्दा कडा कारवाही गर्न माग गर्दै गम्भिर गल्तीमा संलग्न कसैलाई पनि कुनैपनि बाहनामा बचाउने वा संरक्षण गर्ने विषय आफ्नो संगठनलाई स्वीकार्य नहुने चेतावनी दिएको छ ।

    अखिल (समाजवादी)ले जारी गरेको विज्ञप्ति मार्फत नेपाली भाषामा पढाउने तर अंग्रेजी भाषामा मात्र प्रश्नपत्र छपाउने कुरा अवैज्ञानिक भएको उल्लेख गर्दै नेपाली भाषामा नै प्रश्नपत्र आउने वातावरण बनाउन समेत विशेष माग गरेको छ ।
    विज्ञप्तिको पूर्णपाठ

    प्रतिकृया दिनुहोस्