News Portal

युवा संगठन नेपाल पाचौं केन्द्रिय समितिको बैठक आजदेखि सुरु

जनगर्जन संवाददाता२०८१ जेठ १
६२३ पटक

बैशाख १,काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल पाचौं केन्द्रिय समितिको दोस्रो पूर्ण बैठक आजदेखि सुरु भएको छ ।

काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका चौकी भञ्ज्याङमा नेकपाका महासचिव विप्लव सीको विशेष उपस्थितिमा युवा संगठन नेपालकाे बैठक सुरु भएको हो ।

बैठकका प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, स्थायी कमिटी सिलु सी, अथिति पार्टीका केन्द्रिय सदस्य अडिग सी, केन्द्रिय जनप्रतिनिधि विमर्श सी, केन्द्रिय जनप्रतिनिधि विभुल सी लगाएत अथितिहरुको उपस्थिति रहेको छ । बैठकको अध्यक्षता युवा संगठनका अध्यक्ष दिनेश सी गरेका छन् भने बैठकको संचालन संगठन महासचिव सुवास सी गरिरहेका छन् । बैठक सुरुमा महासचिव विप्लव सीलाई भव्य स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्